म्याराडोनाको गोल्डेन बल लिलामीमा राखिँदै

म्याराडोनाको गोल्डेन बल लिलामीमा राखिँदै

काठमाडौं : अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ।

म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रूपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ।

एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुनेछ।

अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य अहिले नै तय भएको छैन। जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको निकै महंगो तोकिने अनुमान गरिएको छ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३-२ ले हराएर १९८६ को विश्वकप जितेको थियो।

गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरू भएको थियो। म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो।

वैशाख २६, २०८१ बुधबार १०:४१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।