डोनाल्ड ट्रम्प र स्टर्मी डेनियल अदालतमा आमनेसामने, बयान रोक्दै न्यायाधीशले भने- ‘यति विस्तृतमा नभन्दा नै राम्रो’

डोनाल्ड ट्रम्प र स्टर्मी डेनियल अदालतमा आमनेसामने, बयान रोक्दै न्यायाधीशले भने- ‘यति विस्तृतमा नभन्दा नै राम्रो’
डोनाल्ड ट्रम्प र पोर्न स्टार डेनियल

एजेन्सी : अमेरिकाको म्यानहट्टन अदालतमा पूर्व पोर्न स्टार स्टर्मी डेनियल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक आमनेसामने भएका छन्।

ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावअघि मौन बस्नका लागि स्टर्मी डेनियललाई १३ लाख डलर गैरकानूनी रूपमा दिएको आरोप छ। जसको सुनुवाइ अहिले अदालतमा चलिरहेको छ।

अदालतमा न्यायाधीशले पूर्व राष्ट्रपति ट्रम्पलाई चिन्छौं भनेर नसोधेसम्म उनले पूरै दिन ट्रम्पलाई ध्यानै दिएकी थिइनन्।

स्टोर्मीले अदालतमा पूर्व राष्ट्रपतिले आफूसँग यौनसम्बन्ध रहेको दाबी गरेकी थिइन्। तर, ट्रम्पले यी आरोप अस्वीकार गर्दै आएकी छन्।

ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको स्वीकार गरे पनि यौन सम्बन्ध राखेको भने खण्डन गर्दै आएका छन्।

स्टर्मीले ट्रम्पसँगको भेटको बारेमा यति विस्तृत जानकारी दिएकी थिइन् कि न्यायाधीशले नै केही-केही कुराहरू नभन्दा पनि राम्रो हुन्छ भनेर रोक्नुपरेको थियो।

वैशाख २६, २०८१ बुधबार ०९:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।