फिल्म'खजुरे ब्रो'को प्रिमियरमा बोल्दिने सेलिब्रेटी पाउनै सकस

फिल्म'खजुरे ब्रो'को प्रिमियरमा बोल्दिने सेलिब्रेटी पाउनै सकस

काठमाडौँ : फिल्म ‘खजुरे ब्रो’को प्रिमियर हुनुभन्दा अघि सबैभन्दा खुसी थिइन् फिल्मकी अभिनेत्री नीति शाह। उनीसँग उपस्थित भएका सेलिब्रेटीदेखि केहीले सेल्फी पनि खिचिरहेका थिए। उनको ड्रेसअपको पनि तारिफ भएको थियो।

यो नीति शाहको पहिलो फिल्म। उनी उत्साहित हुने नै भइन्। फिल्मको ब्यानरमा उनीसँग थुप्रैले तस्बिर पनि खिचाए।
हलमा प्रवेशपछि उद्घोषकले फिल्मको टिम चिनाउने क्रममा राजपरिवारका सदस्य समेत आएको बताए।

तर फिल्म हेरिसकेपछि फिल्म कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिनेको भने खडेरी देखियो। फिल्म कस्तो लाग्यो भन्ने बेलामा कोही पनि देखिएनन्। फिल्मको प्रिमियर सकिएको निकै बेरसम्म नीति हलबाहिर आइनन्।

तपाईँलाई फिल्म कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिनेमा महाजात्राका अभिनेता दिव्यदेब,फिल्मकै कलाकार महेश त्रिपाठी लगायत भेटिए। त्यो बाहेक प्रिमियरमा फिल्म हेरेका भेटिएनन् प्रतिक्रिया दिन।

वैशाख २५, २०८१ मंगलबार २३:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।