कपिलवस्तुको तौलिहवा मालपोतका नायब सुब्बा घुस रकमसहित पक्राउ

कपिलवस्तुको तौलिहवा मालपोतका नायब सुब्बा घुस रकमसहित पक्राउ

काठमाडौं : कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन्।

खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।

उनले भूमिसुधार तथा मालपोत कार्यालयको कर्मचारी आवासमा उक्त रकम घुसस्वरूप लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार खनालमाथि अनुसन्धानपछि भ्रष्ट्राचार निवारण ऐनअनुसार कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिनेछ।

वैशाख २५, २०८१ मंगलबार १०:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।