
सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीले एमाले र कांग्रेसका कारण विश्वासको मत लिनै सकेनन्

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरियो।
आज अपरान्ह ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
यसअघि शुक्रबार अपरान्ह ५ बजे विश्वासको मत लिने कार्यसूचीसहित बस्ने भनिएको बैठक पनि स्थगित गरिएको थियो।
सत्तासाझेदार एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले पटकपटक बैठक स्थगित गर्नु परिरहेको छ। उनले विश्वासको मत पाउने/नपाउनेमा अझै स्पष्टसमेत हुन सकेको छैन।
अर्कोतर्फ सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै काँग्रेसले समेत मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ।
वैशाख २२, २०८१ शनिबार १९:१९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।