इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने

इलाम : इलाम-२ को उप-निर्वाचनमा जित हासिल गरेपछि एमालेले आज विजय सभा गर्ने भएको छ।
शनिबार भएको उप-निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जितेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ।
दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए।
नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए।
वैशाख १८, २०८१ मंगलबार ११:१४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।