४ सयले बढ्यो सुनको मूल्य

४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुन तोलामा एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ।

आज चाँदी तोलामा एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

वैशाख १६, २०८१ आइतबार ११:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।