काठमाडौँ महानगरले राप्रपालाई लगायो पाँच हजार २ सय जरिवाना
 
                    
                    
                    
                    काठमाडौँ : विरोध प्रदर्शनकोक्रममा फोहोर गरेको र ट्राफिक आइल्याण्डमा क्षति गरेको भन्दै भन्दै काठमाडौँ महानगरपालिकाले राप्रपालाई पाँच हजार दुई सय २२ रुपैयाँ जरिवाना गरेको छ।
राप्रपाले चैत २७ मा गरेको प्रदर्शनमा फोहोर गरेको र ट्राफिक आइल्याण्डमा क्षति पुराएको भन्दै पाँच हजार २ सय २२ हजार जरिवाना गरेको हो। महानगरले राप्रपालाई वैशाख ७ मा राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको विभिन्न क्षेत्रमा फोहर मैला गरिएको तथा ट्राफिक आईल्याण्डमा क्षति पुगेकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको ट्राफिक आईल्याण्ड मर्मत सम्भार २ सय २२ रुपैयाँ असुल गर्ने तथा फोहर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ पाँच हजार जरिवाना गर्ने निर्णय भएकोले उल्लेख छ।
सो क्षतिपूर्ति तथा जरिवाना रकम महानगरपालिकाको एनआइसी एसियाको बैङ्कको खातामा दाखिला गरी सो को जानकारी महानगरपालिकालाई दिन भनिएको छ।
वैशाख ७, २०८१ शुक्रबार १८:५४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    