युरोपा लिग : लिभरपुलमाथि ३-१ गोलको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

काठमाडौं : इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १-० ले हराएपनि आफ्नै मैदानमा ब्यहोरेको ३-० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पुर्याएको हो।
दोस्रो लेगमा मोहम्मद सलाहको सातौं मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो।
अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिष्पर्धा गर्नेछ। मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले हरायो।
यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३-१ ले हराउँदै जर्मन क्लब बायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३-१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन्।
वैशाख ७, २०८१ शुक्रबार ०७:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।