‘रामायण’ टेलिफिल्मकी सीता नेपालमा, रामको गरिन प्रशंसा

काठमाडौँ : चर्चित भारतीय धारावाहिक शृङ्खला ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका चिखलिया रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताइन्।
शनिवार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले रामायणबाट भगवान् राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन्।
‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ, सिक्न सकिन्छ। रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ। उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ’ उनले भनिन्।
उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान् रामले सिताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो।
रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान् रामको १४ वर्षे बनबास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन्।
भारतीय लोकसभाकी पूर्व सांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन्। रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन्।
चैत २४, २०८० शनिबार २३:१९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।