इपिएसमा कोरिया जाने कामदारसँग हवाई टिकटमा एक अर्ब ठगी (विशेष भिडियो रिपोर्ट)
काठमाडौँ : वैदेशिक रोजगार विभाग र नागरिक उड्डयन प्राधिकरणबिचको मिलेमतोमा कामका लागि कोरिया जाने नेपालीहरूबाट एक वर्षमा एक अर्ब ठगी हुने गरेको खुलेको छ। उकेराले प्राप्त गरेको तथ्याङ्कले इपिएस कोटा अन्तर्गत कोरिया जाने कामदारहरूको टिकट निश्चित एयरलाइन्सको मात्र किन्न बाध्य गराएर यो ठगी हुने गरेको हो। ठगीमा विभाग र प्राधिकरणका उच्च तहका अधिकारीहरूको मिलेमतो देखिन्छ।
कोरिया सरकारले नै नेपाल वायु सेवा निगमलाई समेत कोरियामा नियमित उडान भर्न दिने पहल गरेको थियो। तर कमिसनको चक्करमा नागरिक उड्डयन प्राधिकरणले निगमलाई उडान भर्न नदिई कोरियन एयरलाइन्सको नेपाल एजेन्टसँग मिलेर कामदार ठगी रहेका छन्।
यसबारे कोरियामा रहेका १६ वटा नेपाली सङ्घसंस्थाले २०८० फागुन २७ बाटै पहल सुरु गर्दै कोरियास्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापन पत्र पठाएर कोभिड १९ का कारण महँगो दरमा टिकट खरिद गर्नु परेको र कोरियन सरकारले नै जेठदेखि कोभिड फ्री घोषणा गरिसकेपछि पनि टिकट भाडा दर महँगो गरेको भन्दै ध्यानाकर्षण गराएका थिए।
चैत २३, २०८० शुक्रबार १४:०८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।