सानिमा बैंकको कार्ड प्रयोग गरेर दराजसँग सामान किन्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं : सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् पाँच सय सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिनेछ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी इएमआई सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ। यो योजना २०८० चैत २२ देखि २०८१ बैशाख ६ गतेसम्म लागू हुनेछ।
चैत २३, २०८० शुक्रबार ११:५०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।