सात दिनभित्र सम्पर्कमा आउन २३ प्रहरीलाई हेडक्वाटरको निर्देशन, नआए जागिरबाट हटाइने
 
                    
                    
                    
                    काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना निकालेर आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि प्रहरी सहायक निरीक्षकसम्मका कर्मचारी छन्।
सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ।

चैत १३, २०८० मंगलबार ०८:२४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    