विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन हिमालयन रिइन्स्योरेन्स अग्रसर

विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन हिमालयन रिइन्स्योरेन्स अग्रसर

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट हालै मात्र प्राप्त गरेको बी प्ल्स रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ।

सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेको छ। सो देशहरूमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुनेछ।

केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्षभित्रै भारतबाट अन्दाजी १ हजार बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ।

कम्पनीेको हालै सम्पन्न तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ।

कम्पनीले अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउनसफल मात्र नभई कम्पनीले जुन ‘टेकिङ नेपाल टु द वर्ल्ड’ भन्ने नारा बाकेको छ, सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चित प्राय देखिन्छ।

चैत ८, २०८० बिहीबार ११:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।