त्रिशुलीमा बस खस्दा पाँच जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौं : कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन्।
बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य नौ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
उनका अनुसार मृतकहरूको पहिचान खुलेको छ। चालक पनि घाइते छन्।
बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो।
अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरूको उद्धार गरिरहेको छ।
फागुन २३, २०८० बुधबार ०७:२२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।