प्रतिक्रियावादीहरुले अविश्वसनीय भने, म नमरेसम्म उथलपुथल भई रहन्छ : प्रचण्ड

प्रतिक्रियावादीहरुले अविश्वसनीय भने, म नमरेसम्म उथलपुथल भई रहन्छ : प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई उपयोग गर्न खोजे कुनै पनि बेलामा लात्तीले हानेर निस्कने बताएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाएकै दिन सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूलाई अविश्वसनीय भनेर भन्ने गरेको र ती प्रतिक्रियावादीहरू रहेको तर्क गरेका छन्।

एमालेसँग बनाएको गठबन्धनमा तीन महिना पनि कायम नभई कांग्रेससँग गठबन्धन गरेका उनले पुन कांग्रेसलाई सरप्राइजदिँदै एमाले-रास्वपासहितको गठबन्धनमा फर्किएका छन्। उनको अस्थिर राजनीतिक शैलीलाई भारत बिहारका नितिस कुमारको जस्तै पदलोपुत शैलीको रूपमा व्याख्या भइरहेको छ।

बिहारमा सबैभन्दा ठुलो दल आरजेडीसँग मिलेर सरकार बनाएका नितिशले आरजेडीलाई छाडेर भारतीय जनता पार्टीसँग मिलेर नवौँ पटक मुख्यमन्त्री बनेका थिए। पदका लागि जस्तोसुकै निर्णय गर्न सक्ने राजनीतिक छवि बनाएका प्रचण्डले ‘आफूलाई विश्वासै गर्न नसक्ने अनि कतिखेर कता फड्किन्छ प्रतिक्रियावादीहरुले भन्ने गरेको तर्क गरेका थिए।

‘धेरै नै अविश्वसनीय, भन्नै नसक्ने, कति बेला कता फड्किन्छ बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन। प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्तीले हानेर निस्कन सक्छु’ उनले भने।

उनले प्रतिक्रियावादीहरूका लागि विश्वासनीय हुन नपरेको भन्दै आजको दिन (सोमबार) नयाँ क्रमभङ्गको दिन बन्न पुगेको बताए। उनले सोमबार नयाँ उथलपुथल, नयाँ धुर्विकरण भएको  र माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले सधैँ जमेको पानी जस्तो नभई नदीको गडगडाहटमा बग्ने, निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ-नयाँ परिस्थिति निर्माण गर्ने जात भएको बताए।

‘आज निरन्तरतामा क्रमभङ्ग भएको छ। साथीहरूले नबुझेको देखेर हैरान पनि हुन्छ। माओवादी नेपाल र जनताको घोडा हो अरू कसैको हैन। म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ’ उनले भने।

सत्ता चलखेल श्रृ‌ंखला

 ​​​​​​​​​​​​​​​​​​​​​राप्रपा सरकारमा नजाने

फागुन २१, २०८० सोमबार १६:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।