दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य दुई हजार रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ।
चाँदी प्रतितोला २० रूपैयाँ बढेको एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फागुन २०, २०८० आइतबार १२:१४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।