प्रिमियर लिगमा : न्यूक्यास्टलमाथि आर्सनलको शानदार जित, उल्भ्सले सेफल्ड युनाइटेडलाई हरायो

प्रिमियर लिगमा : न्यूक्यास्टलमाथि आर्सनलको शानदार जित, उल्भ्सले सेफल्ड युनाइटेडलाई हरायो

काठमाडौं :  इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा न्यूक्यास्टलमाथि आर्सनलले ४-१ गोलको जित दर्ता गरेको छ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सुरुवातदेखि नै न्यूक्यास्टललाई दबाबमा राख्यो।

क्यूक्यास्टलका स्भेन बोटम्यानले खेलको १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता बनाएको थियो।

त्यसपछि २४औं मिनेटमा काइ हाभेर्ट्ज, ६५औं मिनेटमा बुकायो साका र ६९औं मिनेटमा जाकुब किवेरले गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्याए।

खेलको ८४औं मिनेटमा न्यूक्यास्टलका लागि जोइ विलोकले टिमका लागि सान्त्वना गोल फर्काए।

जितसँगै आर्सनल २६ खेलमा ५८ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा पराजित न्यूक्यास्टल समान खेलमा ३७ अंकसहित नवौं स्थानमा छ।

उता हिजै भएको अर्को खेलमा उल्भ्सले सेफल्ड युनाइटेडमाथि १-० को जित हात पार्यो। उल्भ्सका लाथि पाब्लो साराबियाले खेलमो ३०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै उल्भ्स २६ खेलमा ३८ अंकसहित आठौं स्थानमा हुँदा सेफल्ड समान खेलमा १३ अंकसहित तालिकाको पुच्छारमा छ।

फागुन १४, २०८० सोमबार ०७:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।