नेपालको चौथो विकेट पतन, आशिफ शेख आउट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका आशिफ शेख ६४ बलमा ५८ रन बनाएर आउट भए।
बीसौं ओभरको पाँचौं बलमा बर्नाड स्कोल्ट्जले आशिफ शेखलाई एलबीडब्लु आउट भए।
उनले आज बाह्रौं एकदिवसीय अर्धशतक बनाएका थिए।
फागुन ९, २०८० बुधबार १०:५५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।