पहिलो पावर प्ले मा नेपालले गुमायो तीन विकेट

पहिलो पावर प्ले मा नेपालले गुमायो तीन विकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमा तीन विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले पहिलो १० ओभरमा तीन विकेट गुमाएको हो।

ओपनर कुशल भुर्तेल सातौं ओभरको दोस्रो बलमा १८ रन बनाएर एलबीडब्लु आउट हुँदा सोही ओभरको चौथो बलमा अनिल शाह एक रन पनि नबनाइ आउट भए।

त्यसपछि ब्याटिङमा आएका देव खनाल पनि पाँच बल खेलेर एक रन पनि नबनाइ आउट भएका हुन्।

नामिबियाका बर्नाड स्कल्ट्जले दुई र ज्याक ब्रसेल एक विकेट लिए।

१० ओभरको समाप्तीमा नेपाल ६६ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल छन्।

फागुन ९, २०८० बुधबार १०:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।