मलेसियाविरुद्धको खेलमा धेरै नै ओभर कन्फिडेन्ट भयौंं : मुख्य प्रशिक्षक मनोज कटुवाल
 
                    
                    
                    
                    काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक मनोज कटुवालले मलेसियाविरुद्धको खेलमा ओभर कन्फिडेन्ट भएको बताएका छन्।
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियाविरुद्ध पराजित भएर स्वदेश फर्किएपछि मुख्य प्रशिक्षक कटुवालले धेरै नै ओभर कन्फिडेन्ट भएर मलेसियाविरुद्धको खेल हारेको बताए।
‘हामी मलेसियाविरुद्धको खेलमा धेरै नै ओभर कन्फिडेन्ट भयौं,’ उनले भने, ‘अनि अर्को कुरा खेलाडीहरूले ठूलो गेम हो भनेर प्रेसर पनि लिए।’
नेपाली टोलीले हारेको देख्दा अन्य टोली पनि चकित परेको बताउँदै उनले प्रेसर ह्यान्डल गर्न नसक्दा फिल्डिङमा चुक भएको बताए।
‘खेलाडीहरूले प्रेसर ह्यान्डल गर्न सकेनन् र फिल्डिङमा धेरै चुक्यौँ,’ उनले थपे, ‘मलेसियामा हामी हार्दा सबै टोली चकित परेका थिए। हङकङ र युएई लगायतका टिममा सदस्यहरू पनि अचम्ममा परेका थिए। दुर्भाग्यपूर्ण नतिजा आयो।’
राष्ट्रिय टिमका खेलाडीहरूलाई ब्ल थ्रो गर्नसमेत नआउने भन्दै उनले फिल्डिङ र फिटनेसमा एकदमै ध्यान दिनुपर्नेमा जोड दिए।
‘बल थ्रो कसरी गर्ने भन्ने सिकाउनुपर्ने अवस्था छ,’ उनले अगाडि भने, ‘महिला क्रिकेटलाई माथि लानु छ भने फिल्डिङ र फिटनेसमा एकदमै ध्यान दिनुपर्छ।’
सिनियर खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदा जुनियर खेलाडीहरूले जिम्मेवारी लिएर खेल्न नसकेको उनको भनाइ छ। जितहाल्छौं नि भन्ने मनोविज्ञानले काम गरेका कारण रिजल्ट अनपेक्षित आएको उनले बताए।
एसीसी प्रिमियर लिगको सेमिफाइनलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएसँगै एसिया कपमा समेत छनोट हुन पाएन।
फागुन ७, २०८० सोमबार ११:०७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    