क्यानडा -११ लाई नेपाल 'ए' ले दियो २१७ रनको जितको लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : नेपाल क्रिकेट टिम 'ए' ले पहिलो एक दिवसीयमा क्यानडा -११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको छ।
अहिले भइरहेको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पूरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको हो।
खेलमा बसिर अहमदले अर्धशतकको योगदान दिएका छन्।
दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।
कप्तानी विनोद भण्डारीले गरेको नेपाल 'ए' को टिममा प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरू छन्। यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन्।
नेपाल 'ए' को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्।
नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ। दोस्रो खेल मंगलबार र अन्तिम खेल बिहीबार हुनेछ।
फागुन ६, २०८० आइतबार १३:२२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    