अनिल र आशिफको अर्धशतकमा नेदरल्यान्ड्समाथि नेपालको शानदार जित
 
                    
                    
                    
                    काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जित निकालेको छ।
नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले ११ बलमा २८ रनको विस्फोटक पारी खेले।
अनिल शाहले ३६ बलमा छ चौका र चार छक्का प्रहार गर्दै अविजित ५७ रन बनाउँदा र आशिफ शेखले ४५ बलमा आठ चौका र एक छक्काको मद्दतमा अविजित ५४ रन बनाए।
नेलरल्यान्ड्सका भीभीएन किङ्ग्माले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्यान्डले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको हो।
उसका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए।
बस दी लिडे २७, साइब्रान्ड इन्गलब्रेच २३, नोच क्रोश १२, आर्यन दत्त र म्याक्स ओ डाउन समान १० रनमा आउट हुँदा केल क्लेनले अविजित १० रन जोडे।
नेपालका कुशल भुर्तेलले चार विकेट लिँदा ललित राजवंशी दुई तथा रोहित पौडेल र सोमपाल कामीले एक-एक विकेट लिए।
फागुन ५, २०८० शनिबार १३:५३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    