नेपाललाई पहिलो सफलता, तेस्रो बलमै सोमपालले लिए विकेट
 
                    
                    
                    
                      फाइल तस्बिर
                    
                    
                    
                    काठमाडौं : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ। पहिलो ओभरमा नै नेपालले विकेट लिन सफल भएको हो।
तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन्।
नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाउन पुगेको हो। आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो
फागुन ५, २०८० शनिबार ०९:४६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    