भारत-इंग्ल्याण्ड टेस्ट : भारतले पहिलो इनिङ्समा बनायो ४४५ रन
 
                    
                    
                    
                    एजेन्सी : इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्समा भारतीय टोली ४ सय ४५ रन बनाएर आउट भयो।
राजकोटमा भइरहेको टेष्ट म्याचमा भारतको इनिङ्सको मुख्य आकर्षण कप्तान रोहित शर्मा र रविन्द्र जडेजाको शतक थियो।
रोहित शर्माले सर्वाधिक १३१ रनको इनिङ खेले भने रविन्द्र जडेजा ११२ रन बनाएर आउट भए।
आफ्नो पहिलो टेस्ट खेल्दै आएका सरफराज खानले पनि ६२ रनको आकर्षक इनिङ खेले। तर, उनी दुर्भाग्यवश रनआउट भए।
आफ्नो पहिलो टेस्ट खेल्दै आएका ध्रुव जुरैलले पनि ४६ रनको इनिङ खेले। इंग्ल्याण्डका लागि मार्क वुडले ११४ रन खर्चिएर चार विकेट लिए।
पाँच टेस्ट म्याचको यो शृङ्खलामा पहिलो टेस्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो।
फागुन ४, २०८० शुक्रबार १४:३२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    