टी-२० महिला एसिया कप खेल्ने नेपालको सपनामा मलेसिया बाधक
 
                    
                    
                    
                    काठमाडौं : टी-२० महिला एसिया कप खेल्ने नेपालको सपनामा मलेसिया बाधक बनेको छ।
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाललाई चार विकेटले पराजित गर्दै मलेसियाले एसिया कप खेल्ने भएको हो।
१ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। नेपालको भने एसिया कप खेल्ने सपनामा मलेसिया बाधक बन्यो।
यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन्।
मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पारी खेलिन्। उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रनको इनिङ खेलिन्। ३७ बलको सामना गरेकी उनले २ चौका हानिन्।
डली भट्ट २५, कविता कुँवर २३, सीता रानामगर २०, सीता राना मगर ६ रन बनाएर आउट हुँदा कविता काजल श्रेष्ठ अविजित रहिन्।
मलेसियाका माहिरा इज्जाती इस्माइले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिइन्। नेपालका तीन खेलाडी रनआउट भए।
फागुन ४, २०८० शुक्रबार १४:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    