एसिया कपमा पुग्न मलेसियालाई नेपालले दियो ११६ रनको लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपको दोस्रो सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ।
नेपालले दिएको लक्ष्य भेट्टाए मलेसियाले एसिया कपमा स्थान बनाउनेछ। यद्यपि यसभन्दा कममै रोक्न सके नेपाल त्यो स्थानमा पुग्नेछ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन बनायो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रनको इनिङ खेलिन्। ३७ बलको सामना गरेकी उनले २ चौका हानिन्।
डली भट्ट २५, कविता कुँवर २३, सीता रानामगर २०, सीता राना मगर ६ रन बनाएर आउट हुँदा कविता काजल श्रेष्ठ अविजित रहिन्।
मलेसियाका माहिरा इज्जाती इस्माइले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिइन्। नेपालका तीन खेलाडी रनआउट भए।
मलेसियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि आज विहान भएको खेलमा यूएईले थाइल्याण्डलाई चार विकेटले हराएर एसिया कपमा स्थान बनाएको छ।
फागुन ४, २०८० शुक्रबार १२:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    