एसीसी महिला प्रिमियर कपमा नेपालले टस जित्यो, एसिया कप खेल्न आजको खेल जित्नैपर्ने
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आयोजक मलेसिया खेल्दैछ।
मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ।
सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
यसअघि नेपाली पुरुष सिनियर र अन्डर नाइन्टिन टिमले एसिया कप खेलिसकेको छ।
जारी प्रतियोगितामा अहिलेसम्म नेपालले सहज प्रतिद्वन्द्वी पाए पनि सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ।
तर नेपाली खेलाडी राम्रो फर्ममा रहेका कारण यही लय कायम राख्न सके नेपाल जितबाट धेरै टाढा छैन।
सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।
आजै भएको अर्को खेलमा थाइल्याण्डलाई चार रनले पराजित गर्दै यूएई फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार हुनेछ।
फागुन ४, २०८० शुक्रबार ११:५१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    