यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा, एसिया कप खेल्ने पक्का
 
                    
                    
                    
                    काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो। फाइनल प्रवेशसँगै युएईले टी–२० एसिया कपमा स्थान बनाएको छ।
७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो।
थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार विकेट लिइन्। यस्तै वैनवी महेशले तीन विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो।
यूएईका लागि कविशाले सर्वाधिक २१ रन बनाइन्। थाइल्याण्डका तिप्तचा पुतावाङले र एपसिरा सुवान्चोराथीले समान २/२ विकेट लिए।
अब यूएईले उपाधिका लागि आइतबार नेपाल र मलेसियाको विजेतासँग खेल्नेछ। अर्को सेमिफाइनलमा आजै नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
यो खेलको विजेताले पनि टी–२० एसिया कपमा स्थान बनाउनेछ। खेल विहान सवा ११ बजे हुनेछ।
सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।
फागुन ४, २०८० शुक्रबार १०:५४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    