दीपेन्द्र सम्मिलिथ गल्फ जायन्ट्स आइएल टी-२० बाट बाहिरियो
 
                    
                    
                    
                    काठमाडौं : दोस्रो क्वालिफायरमा दुवई क्यापिटलसँग ९ विकेटले पराजित भएपछि नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्टस युएईमा जारी आइएल टी-२० प्रतियोगिताबाट बाहिरिएको छ।
गल्फ जायन्टसले दिएको १३९ रनको लक्ष्य पछ्याएको दुवई क्यापिटलले १५ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गर्यो। यसअघि पहिलो क्वालिफायर खेलमा एमआई एमिरेट्ससंग ४५ रनले पराजित भएको थियो।
गल्फ जायन्टस बाहिरिएसँग दीपेन्द्र स्वदेश फर्किनेछन्। उनी ३ वटै खेलमा बेन्चमा बस्दै स्वदेश फर्किन लागेका हुन्। उनी गल्फ जायन्टसबाट एक खेल पनि खेल्न पाएनन्।
आइएल टी-२० खेल्न गएका कारण आईसीसी लिग-२ अन्तर्गत पहिलो सिरिजको पहिलो खेल गुमाएका दीपेन्द्रले दोस्रो खेल भने खेल्ने उच्च सम्भावना छ। नेपालले सिरिजको दोस्रो खेल शनिबार नेदरल्यान्डसँग खेल्नेछ। युएईमा रहेको दीपेन्द्र सम्भवतः शुक्रबार स्वदेश फर्किनेछन्।
गत शुक्रबार आइएल टी-२० खेल्न युएई पुगेका दीपेन्द्र गल्फ जायन्टसका तीन वटै खेलमा बेन्चमा बस्दै स्वदेश फर्किन लागेका हुन्। आइएल टी-२० कै कारण दीपेन्द्रले क्यानडाविरुद्धको सिरिज पनि गुमाएका थिए।
फागुन ४, २०८० शुक्रबार ०८:०४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    