दाङमा ड्युटीमा खटिएकी प्रहरीको गाेली हानेर हत्या
 
                    
                    
                    
                    बुटवल : दाङमा ड्युटीमा खटिएकी प्रहरीको गाेली हानेर हत्या भएकाे छ।
घाेराहीकाे दामाेदर चाेकमा साँझ सात बजे ड्युटीमा खटिएकी प्रहरी जवानको गाेली हानेर हत्या गरिएकाे हाे।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनका श्रीमान् यमबहादुर झाँक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गाेली हानेर भाग्दै गरेका यमबहादुरलाई लमही अर्जुन खाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ।
झाँक्री नेपालगञ्जमा कार्यरत सहायक प्रहरी हवल्दार हुन्।
फागुन ३, २०८० बिहीबार २२:११:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    