टी-२० विश्वकपमा रोहित शर्माको कप्तानीबारे बोले जय शाह
 
                    
                    
                    
                    एजेन्सी : टी-२० क्रिकेट विश्वकप यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।
प्रतियोगितामा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने पक्का भएको छ।
बुधबार गुजरातको राजकोटमा आयोजित एक कार्यक्रममा बीसीसीआई सचिव जय शाहले यस्तो घोषणा गरेका हुन्।
भारतमै भएको एक दिवसीय विश्वकपमा घरेलु टोलीले लगातार १० वटा खेल जितेर पनि फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
विश्वकप ट्रफी घरमै राख्न नपाएपछि रोहित शर्माको ह्वाइटबल क्रिकेट करिअरको विषयमा समेत प्रश्न उठिरहेको थियो।
यसैबीच बीसीसीआईका सचिव शाहको यो भनाइ आएको हो।
‘२०२३ मा लगातार १० खेल जितेर पनि हामीले विश्वकप जित्न नसके पनि मन जित्यौं,’ जय शाहले भने, ‘हामी रोहित शर्माको कप्तानीमा २०२४ मा बार्बाडोसमा भारतीय झण्डा अवश्य फहराउनेछौं।’
टी–२० विश्वकप क्रिकेटको फाइनल खेल बार्बाडोसमा हुँदैछ।
फागुन ३, २०८० बिहीबार ०७:४७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    