निमावि शिक्षकमा आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन

निमावि शिक्षकमा आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं : शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुल्ला गरेको छ।

आयोगले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ।

आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन्। जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टल ttps://online.tsc.gov.np बाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ।

फागुन २, २०८० बुधबार १७:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।