एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा आज नेपाल र कुवेत भिड्दै
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनल खेलमा आज नेपाल र कुवेत भिड्दैछन्। खेल बिहान सवा ११ बजे मलेसियाको बाङ्गीमा हुनेछ।
नेपाल समूह ‘डी’को विजेता हो भने कुवेत समूह ‘ए’को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो।
नेपालले समूह चरणमा भुटान र हङकङलाई ८-८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो।
थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो। म्यानमारलाई २७ रनले पराजित गर्यो।
पछिल्ला चार भेटमा नेपालले कुवेतलाई हराएको छ। एउटा खेलमा नेपालले नौ विकेटका जित दर्ता गरेको थियो।
आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ।
प्रिमियर कपका बलिया प्रतिद्वन्द्वी यूएई र थाइल्यान्ड अर्को पोलमा रहेका कारण नेपाल तुलनात्मक रुपमा सजिलो पोलमा छ।
फागुन २, २०८० बुधबार ०७:१४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    