क्रिकेटमा घुसेको जुवाको जालो, डाफाबेटको प्रचारमा चतुरबहादुर र पारस नै मुख्य सहयोगी !
 
                    
                    
                    
                    काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)को स्वीकृतिमा पर्सा क्रिकेट संघले आयोजना गरेको ‘नेपाल प्रो क्लब च्याम्पियनसिप’मा अनलाइन जुवा खेलाउने कम्पनी डाफाबेटको सहायक कम्पनी डाफान्युज मिडिया पाट्नरको रूपमा प्रवेश गरेकोबारे उकेराको जिज्ञासामा चतुरबहादुर चन्दले दाबी गरेका थिए’यो सरोगेट कम्पनी हो भने खेलबाट हटाउँछौँ।‘
यदि बेटिङ्ग कम्पनीको सेरोगेट कम्पनी रहेछ भने के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा उनले भनेका थिए, ‘कारबाही गछौं। अहिले भएको भएको खेलबाट हटाउँछौँ।’
डाफान्युज अनलाइन जुवा प्रतिबन्धित भएका देशहरूमा प्रचार गर्न डाफाबेटले बनाएको सरोगेट कम्पनी भएकोमा चन्द जानकारै व्यक्ति हुन्। उनले आँखा चिम्लिए। न छानबिनै भयो न कारबाही।
क्रिकेटको सुधार गर्छु भन्दै क्याको सचिव भएका पारस खड्का समेत यसबारे मौन बसेर नेपालमा लोकप्रिय क्रिकेट प्रतियोगितामार्फत क्रिकेट प्रेमीमाझ अनलाइन जुवा प्रवर्धनमा सहयोगी बनेका छन्। क्यानको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व मौन छ। अनलाइन जुवा खेलाएको भन्दै एजेन्ट खोज्न सक्रिय प्रहरीको नजर क्रिकेटमा घुसेको जुवाको जालोमा परेको छैन।
उता क्यानको नेतृत्व भने जुवा प्रवर्धनमा झन् हौसिँदै नेपालमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डाफाबेटको सरोगेट कम्पनी डाफान्युजलाई खुल्लमखुल्ला प्रवर्धन गरिरहेको छ। नेपालमा भइरहेको नेपाल र क्यानडाबीचको ओडिआई सिरिजमा डाफान्युजलाई समेत पाट्नर बनाएको छ।
डाफान्युज मिडिया कम्पनी भएकाले सहकार्य गरेको क्यानका अधिकारीले कूतर्क गरिरहेका छन्। मिडिया पाट्नर हो भने त नेपाल-क्यानडाको सिरिजका समाचार डाफान्युजमा हुनुपर्ने हो तर समाचार छैन।
 डाफाको उद्देश्य लोकप्रिय खेलमार्फत नेपाली खेल प्रेमीमाझ जुवाको प्रचार अनि मिडिया पाट्नरको आवरणमा खेल क्षेत्र र डेटामा सहज पहुँच पूर्याएर जुवा खेलाउनु देखिन्छ। त्यसलाई अनेक बदमासीमा जोडिएर बदनाम बनेका क्यानका अध्यक्ष चन्द अनि क्रिकेट सुधार्ने नारा दिएर क्यानको सचिव बनेका पारस खड्काको जोडीले साथ दिइरहेका छन्।
डाफाको उद्देश्य लोकप्रिय खेलमार्फत नेपाली खेल प्रेमीमाझ जुवाको प्रचार अनि मिडिया पाट्नरको आवरणमा खेल क्षेत्र र डेटामा सहज पहुँच पूर्याएर जुवा खेलाउनु देखिन्छ। त्यसलाई अनेक बदमासीमा जोडिएर बदनाम बनेका क्यानका अध्यक्ष चन्द अनि क्रिकेट सुधार्ने नारा दिएर क्यानको सचिव बनेका पारस खड्काको जोडीले साथ दिइरहेका छन्।
डाफान्युज डाफाबेटको सरोगेट कम्पनी रहेको र यसको उद्देश्य नेपाली खेल प्रेमीलाई जुवाको लत लगाउने हो भन्ने प्रमाणित गर्न उसको नाम अनि लोगो नै काफी छ। पैसा आउने भएपछि जुवाकै प्रचारमा पनि पछि नहट्ने खेल अधिकारीको सहयोगमा डाफाबेटको प्रचार र डेटामा पहुँचका लागि उसले डाफान्युजको आवरण बोक्दै आएको पुष्टिका लागि डाफान्युजले आफ्नो वेभ साइटमार्फत गरिरहेको डाफाबेटको प्रचारले नै पुष्टि गर्छ।
कानुनी रूपमा कुनै उत्पादन वा कम्पनीको प्रचार गर्न प्रतिबन्ध लागेको अवस्थामा कानुनले रोकेको उत्पादनको प्रचार गर्न उस्तै लोगो अनि उस्तै उस्तै नाम राखेर प्रचारका लागि वैध कम्पनी खोलिन्छ। त्यो नै सरोगेट कम्पनी हो।
नेपालको कानुनले कुनै पनि प्रकारको जुवालाई मान्यता दिँदैन। नेपालजस्तै भारत अनि पाकिस्तानमा पनि अनलाइन जुवा प्रतिबन्धित छ। डाफाबेट केन्द्रित क्षेत्र नै यही हो। त्यसैले कुनियत भएका खेल अधिकारीलाई प्रभावमा पार्दै कानुन छल्न उसले सरोगेट कम्पनी डाफान्युजको आवरणमा काम गर्दै आएको छ।
डाफाबेट २००४ मा फिलिपिन्समा जुवा कानुन अनुसार दर्ता भएको कम्पनी हो। उसले आफ्नो साइटमा अनलाइन जुवा खेलाउने कम्पनी भएको उल्लेख गरे पनि कहाँ दर्ता भएको लगायतका महत्त्वपूर्ण विवरण खुलाएको छैन।
डाफान्युजले आफू समाचार पोर्टल भएको उल्लेख गरेको छ। यो कुन कम्पनीले चलाएको हो लगायतका विवरण छैन।
उसले एसियन लजिक ग्रुप नामक प्यारेन्ट कम्पनी समेत दर्ता गरेको छ जुन एसिया क्षेत्रमा अनलाइन जुवा प्रवर्द्धनमा सक्रिय छ। यसको कार्यालय हङकङ, फिलिपिन्स र ब्रिटिस भर्जिनिया आइसल्यान्डमा रहेको देखिन्छ।
यसको सम्बन्ध डाफान्युजसँग रहे पनि क्रिकेट पदाधिकारी जानाजान कुतर्क गर्दै खेलबाट अनलाइन जुवाको प्रवर्धनमा संलग्न भइराखेका छन्। डाफान्युजमा डाफाबेटको विज्ञापनदेखि पर्याप्त लिङ्कहरू रहेका छन्। यसबाट डाफान्युज डाफाबेटको सरोगेट कम्पनी भएको पुष्टि हुन्छ नै।
सम्बन्धित समाचार
माघ २८, २०८० आइतबार १६:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    