एसीसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रनको लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो।
उसका लागि न्वाङ्ग छोदेनले सर्वाधिक २४ रन बनाइन्। डेछेन वाङ्मोले १७ रन बनाउँदा छिरिङ जाङ्मोले १६ रन जोडिन्।
नेपालका कविता कुँवर, कविता जोशी, इन्दु बर्मा र सीता राना मगरले समान एक–एक विकेट लिए।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो।
१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।
नेपालले समूह चरणको आफ्नो तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ। प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्।
प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।
माघ २८, २०८० आइतबार ०९:१५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    