एसीसी महिला प्रिमियर कपमा भुटानविरुद्ध नेपालले टस जित्यो
 
                    
                    
                    
                    काठमाडौं : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपाले भुटानविरुद्ध टस जितेको छ।
बायोमस क्रिकेट ओभलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी छन्।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो।
१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।
नेपालले समूह चरणको आफ्नो तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ। प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्।
प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।
 
माघ २८, २०८० आइतबार ०८:०४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    