क्यानडाद्वारा नेपालसामू २८६ रनको लक्ष्य प्रस्तुत
 
                    
                    
                    
                    काठमाडौं : तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो।
क्यानडाका लागि एरोन जोनसले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले।
नवनीत दलिवाल ४६, श्रेयस मोभ्भा ४०, परगत सिंह ३८, निकोलस किरतोन २०, दिलप्रित बजवा १९, शहीद अहमदजाइ १३ रनमा आउट हुँदा उदय भगवानले नटआउट २० रन जोडे।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिँदा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन शर्राफले समान एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
माघ २७, २०८० शनिबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    