क्यानडाविरुद्ध नेपाललाई चौथो सफलता, कप्तान रोहितले एकै ओभरमा लिए दुई विकेट
 
                    
                    
                    
                    काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई चौथो सफलता मिलेको छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले तेस्रो र चौथो विकेट लिए। उनले क्यानडेली ब्याट्सम्यान परगत सिंह र निकोलस किरतनलाई पेभेलिएन फर्काए।
सिंहलाई सोमपाल कामीको हातबाट क्याचआउट गराएका कप्तान पौडेलले निकोलसलाई स्टम्पिङबाट आउट गराए। ३२औं ओभरको दोस्रो र पाँचौं बलमा क्रमशः सिंह र निकोलस आउट भएका हुन्।
क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा पनि परगत सिंहको विकेट कप्तान पौडेलले नै लिएका थिए।
टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडा ३२ ओभरको समाप्तीमा चार विकेट गुमाएर १८० रन बनाएर खेलिरहेको छ।
नेपाल लागि पहिलो विकेट आकाश चन्दले लिएका थिए। भीम सार्कीले रन आउटबाट दोस्रो विकेट लिएका हुन्।
माघ २७, २०८० शनिबार ११:५६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    