एएफसी एसियन कपको फाइनल आज, उपाधिका लागि कतार र जोर्डन भिड्दै
 
                    
                    
                    
                    काठमाडौं : कतारमा जारी एफसी एसियन कपको उपाधिका लागि आज आयोजक कतार र जोर्डन भिड्दैछन्।
खेल नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल स्टेडियममा हुनेछ।
सन् २००४ देखि अहिलेसम्म कतार जोर्डनबीच नौ खेल हुँदा कतारकै पल्ला भारी देखिन्छ।
नौ खेलमा कतारले ६ खेल जित्दा जोर्डन दुई खेल मात्र जितेको छ। एक खेल भने बराबरी भएको छ।
पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।
कतारले दोस्रो सेमिफाइनलमा इरानलाई ३–२ गोलले हराएर जोर्डनसँगको भेट पक्का गरेको हो।
माघ २७, २०८० शनिबार ०७:४९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    