एसीसी महिला प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्दै
 
                    
                    
                    
                    काठमाडौं : एसीसी महिला प्रिमियर कपमा आज हङकङ र नेपालबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार शनिबार विहान सवा सात बजे मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा हुँदैछ।
एसीसी महिला प्रिमियर कप खेल्नका लागि नेपाली टोली केही दिनअघि मलेसिया प्रस्थान गरेको थियो।
१६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा नेपालसँगै हङकङ, भुटान र माल्दिभ्स छन्।
नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भोलि भुटानसँग र तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्दैछ।
प्रत्येक समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनल खेल्नेछन्।
प्रिमियर कपको फाइनल खेल्ने दुई टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछन्।
माघ २७, २०८० शनिबार ०७:०८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    