श्रीमानले काटेको सिरिसको रुखले च्यापेर श्रीमतीको मृत्यु
 
                    
                    
                    
                    नुवाकोट : जिल्लामा श्रीमानले काटेको रुखले च्यापेर श्रीमतीको मृत्यु भएको छ।
तादी गाउँपालिका-६ गैरीगाउँमा हजुरआमाको घरमा बस्दै आएकी २० वर्षीय सरिता तामाङको सिरिसको रुखले च्यापेर मृत्यु भएको हो।
मृत्युपछि तामाङको शवको मुचुल्का उठाइ पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि शव मृतकको ससुरालाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ।
घटनापछि मृतकको श्रीमान भने परिवारकै साथमा छन्। उनलाई नियन्त्रणमा लिइएको छैन। प्रहरीका अनुसार यो दुर्घटना हो।
माघ २६, २०८० शुक्रबार ०९:३९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    