नेपाल-क्यानडाबीच खेल भइरहँदा दर्शकले 'हामीलाई सन्दीप चाहियो' भन्दै नारा लगाएपछि…
 
                    
                    
                    
                    काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले क्रिकेटर सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन्।
बलात्कारी ठहर भएका क्रिकेटर लामिछानेको पक्षमा हुटिङ तथा नारा लगाउने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए।
नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेपछि खेल भइरहेको थियो। सोही बेला दर्शक दीर्घाबाट 'सन्दीप हाम्रो सान हुन्, हामीलाई सन्दीप चाहियो' भन्दै नाराबाजी गरेका थिए। नाराबाजीका कारण केही समय खेल नै स्थगित भएको थियो भने खेलाडीहरू समेत मैदान बाहिरको दृश्यलाई नियालिरहेका थिए।
त्यसपछि प्रहरीले हुटिङ गर्ने ७ जनालाई नियन्त्रणमा लिएको थियो।
आज भएको खेलमा सन्दीप लामिछानेको स्थानमा प्रधानमन्त्री कपबाट उत्कृष्ट प्रदर्शन गरेर आएका सूर्य तामाङ खेलिरहेका छन्।
माघ २५, २०८० बिहीबार १४:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    