कुशलको अर्धशतकमा क्यानडालाई नेपालले दियो २२५ रनको लक्ष्य
 
                    
                    
                    
                    काठमाडौं : तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो।
उसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले। ५८ बलको सामना गरेका उनले नौ चौका र एक छक्का प्रहार गरे।
त्यसका अलावा आरिफ शेख ३८, सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५ रन बनाउँदा सूर्य तामाङले अविजित १० रन बनाए।
कप्तान रोहित पौडेल र आशिफ शेख समान ८-८ रन बनाए आउट हुँदा रिजन ढकालले चार र ललित राजवंशीले एक रन जोडे।
क्यानडाका उदय भगवानले तीन, साद बिन जफर र ईश्वरजोत सोहीले समान दुई–दुई विकेट लिँदा हर्ष ठाकर र शाहिद अहमदजाइले समान एक-एक विकेट लिए।
क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
माघ २५, २०८० बिहीबार १३:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    