क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक
 
                    
                    
                    
                    काठमाडौं : क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
भुर्तेलले ४४ बलमा ८ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। उनी अहिले क्रिजमा कप्तान रोहित पौडेलसँगै खेलिरहेका छन्।
१४ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ। दशौं ओभरको पहिलो बलमा क्यानडाका उदय भगवानले ओपनर आशिफ शेख २४ बलमा आठ रन बनाएर आउट गरेका हुन्।
नेपालले क्यानडासँग शनिबार र सोमबार गरी तीनवटा एक दिवसीय खेल खेल्नेछ। आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप नेपालले यो खेल खेलिरहेको हो।
माघ २५, २०८० बिहीबार १०:३१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    