उपाधि दावेदार भारत यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं : उपाधि दाबेदार भारत आईसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।
दक्षिण अफ्रिकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८ दशलमब ५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाए।
टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो।
फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ। अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहिबार हुनेछ।
फाइनल खेल आगामी आइतबार हुनेछ।
माघ २४, २०८० बुधबार ०७:३७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।