पाँच सयले घट्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँ गिरावट

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबारको तुलनामा मंगलबार सुन तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदीमा १५ रुपैयाँ प्रतितोला गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख १८ हजार पाँच सय रुपैयाँ कायम छ।
तेजाबी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ प्रतितोला हुँदा चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा बिक्री भइरहेको छ।
माघ २३, २०८० मंगलबार १०:४६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।