उपाधि दावेदार मानिएकी मेनुका ‘इण्डियन आइडल’बाट बाहिरिइन्

काठमाडौं : उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्।
आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्।
‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरू भएको छ’, पौडेलले लेखेकी छन्।
मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन्। उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन्।
आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन्।
माघ २२, २०८० सोमबार ०७:५२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।