हिउँदे अधिवेशनका लागि २२ माघमा संसद बैठक बस्न राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपति पौडेललेले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका छन्।
मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
माघ १०, २०८० बुधबार १८:१५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।