राष्ट्रिय सभा सदस्य निर्वाचनमा 'मौन अवधि' सुरू

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) लागू भएको भएको छ।
सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन।
यो अवधिमा उमेदवारका पक्ष-विपक्षमा प्रचार गर्न पाइँदैन।
कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला-गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।
राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ।
निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
माघ ९, २०८० मंगलबार ०७:२२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।